
एजेन्सी । नापोलीले इटालियन सिरी ए अन्तर्गत खेलमा कोमोमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा नापोलीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी कोमोमाथि ३–१ को सहज जित निकालेको हो ।
नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो मारोडोना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन स्कट म्याकटोमनी, रोमेलु लुकाकु र डेभिड नेरेसले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने ग्राबियल स्ट्रेफेजाले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको पहिलो मिनेटमै लुकाकुको पासम म्याकटोमनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ४३ औं मिनेटमा कोमोका लागि म्याक्सिमो पेरोनको पासमा ग्राबियलले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ५३ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दा नापोली २–१ ले अघि बढ्यो ।
त्यस्तै, खेलको अन्त्यतिर ८६ औं मिनेटमा लुकाकुकै पासमा नेरेसले गोल थप्दा नापोली ३–१ ले विजयी भयो ।
सहज जितसंगै नापोलीले ७ खेलबाट १६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित कोमोको भने समान ७ खेलबाट ८ अंकसहित तालिकाको ११ औं स्थानमा झरेको छ ।