Soccer Football - Serie A - Inter Milan v Venezia - San Siro, Milan, Italy - November 3, 2024 Inter Milan's Lautaro Martinez celebrates scoring their first goal REUTERS/Claudia Greco

एजेन्सी । इटालियन सिरी एमा इन्टर मिलानले भेनेजियामाथि जित निकालेको छ ।

आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दप् भेनेजियामाथि १–० को जित निकालेको हो ।

इन्टरको घरेलु मैदान स्टाडियो गिउसिप्पे मियाजा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।

खेलको दोस्रो हाफको ६५ औं मिनेटमा फेडेरिको डिमार्कोको पासमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० ले जिताए ।

जितसंगै इन्टरले ११ खेलमा २४ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

पराजित भेनेजियाको समान ११ खेलमा ८ अंकसहित तालिकाको १८ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.