
एजेन्सी । इटालियन सिरी एमा इन्टर मिलान बोलोग्नासंग स्तब्ध भएको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता इन्टर मिलान बोलोग्नासंग १–० ले स्तब्ध भएको हो ।
बोलोग्नाको घरेलु मैदान रेनाटो डलएरा रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रिकार्डो ओर्सोलिनीले निर्णायक गोल गरे ।
बराबरी उन्मुख खेलमा इन्जुरी समयको चौथौं मिनेटमा ओर्सोलिनीले सनसनी गोल गर्दै बोलोग्नालाई १–० ले जिताए ।
जितसंगै बोलोग्नाले ३३ खेलबाट ६० अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
हारसंगै इन्टरको समान ३३ खेलमा ७१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
तर, समान ३३ खेलमा समान ७१ अंक रहेको नापोली गोलअन्तरका आधारमा मात्र इन्टर भन्दा तल रहेको छ ।
इन्टरको पराजयसंगै इटालियन घरेलु लिग थप रोमाञ्चक बनेको छ ।