
एजेन्सी । इटालियन सिरी एअन्तर्गत खेलमा बोलोग्नामाथि नापोलीले सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा बोलोग्नामाथि नापोलीले ३–० को सहज जित निकालेको हो ।
नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो माराडोना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जियोभानी डि लोरेन्जो, किभिचा क्भाराट्स्खेलिया र जियोभानी सिमेओनले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा क्भाराट्स्खेलियाको पासमा लोरेन्जोले गोल गर्दै घरेलु टोलीलाई १–० ले अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा अमिर राहमानीको पासमा क्भाराट्स्खेलियाले गोल थप्दै नापोलीलाई २–० ले अघि बढाए ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा डेभिड नेरेसको पासमा सिमेओनले गोल गर्दा नापोली ३–० ले विजयी भयो ।
सहज जितसंगै नापोलीले दुई खेलमा तीन अंक जोडेको छ ।
पराजित बोलोग्नाको भने समान दुई खेलमा एक अंक रहेको छ ।