
एजेन्सी । नापोलीले इटालियन सिरी एमा हेलास भेरोनामाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा नापोलीले हेलास भेरोनामाथि २–० को सहज जित निकालेको हो ।
नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन एन्ड्रे फ्रांक जाम्बो अन्गुइस्साले गोल गर्दा अर्को गोल भेरोनाका लोरेन्जो मोन्टिपोको आत्मघाती गोलमार्फत् प्राप्त गर्यो ।
खेल सुरु भएको पाँचौं मिनेटमा मोन्टिपोको आत्मघाती गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
त्यसपछि दोस्रो हाफको ६१ औं मिनेटमा रोमेलु लुकाकुको पासमा एन्ड्रेले गोल गर्दै नापोलीलाई २–० ले जिताए ।
सहज जितसंगै नापोलीले २० खेलबाट ४७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित भेरोनाको भने समान २० खेलबाट १९ अंकसहित तालिकाको १७ औं स्थानमा झरेको छ ।