एजेन्सी । नापोलीले इटालियन शीर्ष लिग सिरी एअन्तर्गत खेलमा पार्मामाथि उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई अन्तिम समयमा उल्त्याउँदै नापोलीले पार्मामाथि २–१ को उत्कृष्ट पुनरागमन जित हासिल गरेको हो ।

नापोलीको घरेलु मैदान डिएगो अमान्र्डो म्यारोडोना रंगशालामा भएको खेलमा नापोलीलाई जिताउन रोमेलु लुकाकु र एन्ड्रे फ्यांक जाम्बो अन्गुस्साले गोल गरे ।

पराजित टोलीका लागि भने अंगे बोनीले एक गोल गरे ।

पहिलो हाफको १९ औं मिनेटमा बोनीले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।

यता, दोस्रो हाफको ७५ औं मिनेटमा जियोन सुजुकीले दोहोरो पँहेलो कार्ड पाउँदा पार्मा १० खेलाडीमा समेतियो ।

जसको भरपुर फाइदा घरेलु टोलीले उठायो ।

खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लियोनार्डो स्पिनाजोलाको पासमा लुकाकुले नापोलीका लागि डेब्यु गोल गर्दा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि इन्जुरी समयको छैटौं मिनेटमा डेभिड नेरेसको पासमा अन्गुस्साले सनसनी गोल थप्दा नापोली २–१ ले विजयी भयो ।

पुनरागमन जितसंगै नापोलीले तीन लिग खेलबाट ६ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

पराजित पार्माको भने समान तीन खेलमा चार अंकसहित तालिकाको ९ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.