
एजेन्सी । नापोलीले इटालियन सिरी एमा एट्लान्टामाथि जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा लिग लिडर नापोलीले एट्लान्टामाथि ३–२ को जित हासिल गरेको हो ।
एट्लान्टाको घरेलु मैदान गिविस स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली नापोलीका लागि माटेओ पोलिटानो, स्कट म्याकटोमनी र रोमेलु लुकाकुले गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने माटेओ रेटेगुइ र अदेमोला लुकम्यानले गोल गरे ।
खेल सुरु भएको १६ औं मिनेटमा रेटेगुइले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, २७ औं मिनेटमा पोलिटानोले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, ४० औं मिनेटमा आन्ड्रे जाम्बो अगुइसियाको पासमा म्याकटोमनीले गोल गर्दा नापोली २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५५औं मिनेटमा लुकम्यानले एट्लान्टाका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
तर, ७८ औं मिनेटमा अगुइसियाको पासमा लुकाकुले गोल गर्दा नापोली ३–२ ले विजयी भयो ।
जितसंगै नापोलीले २१ खेलबाट ५० अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित एट्लान्टाको समान २१ खेलबाट ४३ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।