एजेन्सी । इटालियन सिरी एमा इन्टर मिलानले हेलास भेरोनामाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा इन्टरले भेरोनामाथि १–० को जित दर्ता गरेको हो ।
इन्टरका लागि खेल सुरु भएको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले एकमात्र निर्णायक गोल गरेका थिए ।
जितसंगै इन्टरले महत्वपूर्ण ३ अंक बटुलेको छ । योसंगै इन्टरको १८ खेलमा ३७ अंक भएको छ । इन्टर तालिकाको चांथौं स्थानमा छ ।
पराजित पराजित भेरोनाको समान खेलमा ९ अंकमात्र छ । भेरोना पुछारको दोस्रो स्थानमा छ ।
त्यस्तै, गयराति नै सम्पन्न अर्को खेलमा दुई गोलले पछि रहेको स्थितिलाई उल्ट्याउँदै एसी मिलानले खेल बराबरी गरेको छ ।
लेइसले खेलको तेस्रो मिनेटमा थियो हर्नाडेजको आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि २३ औं मिनेटमा फेड्रीको बास्चिरोटोले गोल गर्दा खेलमा लेइस खेलमा २–० ले अघि बढ्यो ।
पहिलो हाफ २ गोलले पछि रहेको मिलानले दोस्रो हाफको ५८ औं मिनेटमा राफायल लिइओको गोलमार्फत खेलमा फर्कने संकत गर्यो । ७० औं मिनेटमा डेभिड कालाब्रियाले गोल गर्दा खेल २–२ को अवस्थामा पुग्यो ।
त्यसपछि खेलमा थप गोल भएन र खेल २–२ को बराबरीमा सकियो ।
मिलानको १८ खेलमा ३८ अंक भएके छ र तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, लेइसको समान खेलमा २० अंक भएको छ । लेइस तालिकाको १२ औं स्थानमा झरेको छ ।