एजेन्सी । पुर्व एसियाली विजेता इरान कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनमा प्रवेश गरेको छ ।

बुधवार राति भएको खेलमा सिरियालाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै इरान एसियाली फुटबलको शीर्ष प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अब्दुल्लाह बिन नासेर बिन खालिफा रंगशालामा भएको खेलमा इरानको जितमा करिम अन्सरिफार्ड, रमिन रेजाइन, ओमिद इब्राहिमी, मेहदी तोराबी र इसान हजसाफीले पेनाल्टीमा गोल गरे ।

यता, सिरियाका लागि भने पाब्लो सब्बाग, अ‍ैहाम औसौउ र अला अल दालीले पेनाल्टीमा गोल गर्दा फाहद युस्सुफ भने चुक्न पुगे ।

त्यसअघि खेलको ३४ औं मिनेटमा मेहदी तेरेमीले पेनाल्टीमा गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ६४ औं मिनेटमा सिरियाका लागि पनि ओमार खर्बिनले पेनाल्टीमार्फत् नै गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा पनि थप गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.