एजेन्सी । एसियाली पावर हाउस जापानले एएफसी विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा सिरियामाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलवार भएको दोस्रो चरणअन्तर्गत अन्तिम खेलमा जापानले सिरियामाथि ५–० को जित हासिल गरेको हो ।
जापानको घरेलु मैदान इडियन पिस विङ हिरोशिमा स्टेडियममा भएको खेलमा अयसे वेडा, रित्सु डोन, युकी सोमा र ताकुमी मिनामिनोले समान एक–एक गोल गर्दा भ्रमणकारी टोलीका थाएर करौमाले एक आत्मघाती गोल गरे ।
खेल सुरु भएको १३ औं मिनेटमा केइटो नाकामुराको पासमा वेडाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि १९ औं मिनेटमा ताकेफुसा कुबोको पासमा डोनले गोल थप्दा जापान २–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै सिरियाका करौमाले आत्मघाती गोल गर्दा जापान पहिलो हाफसम्म ३–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७३ औं मिनेटमा सोमाले पेनाल्टीमा गोल थप्दा जापान ४–० ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८५ औं मिनेटमा हिरोकी इटोको पासमा मिनामिनोले गोल थप्दाा जापान ५–० ले विजयी भयो ।
एकपक्षिय फराकिलो जितसंगै जापानले ६ खेलबाट १८ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ ।
पराजित सिरियाको समान ६ खेलमा ७ अंक रहेको छ ।
सिरिया समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गर्न सफल भयो ।