एजेन्सी । उपाधि दाबेदार म्यानचेस्टर सिटी इएफएल कपको क्वाटरफाइनलमा साउथह्याम्टनसंग पराजित हुँदै बाहिरिएको छ ।

बुधवार राति भएको खेलमा सिटी साउटह्याम्टनसंग २–० ले पराजित भएको हो ।

प्रिमियर लिग क्लब साउथह्याम्टनले आफ्नै मैदानमा सिटीलाई स्तब्ध पारेको हो । घरलु टोलीको जितमा मौस्सा डीजेनेपो र सेकौ माराले गोल साउटह्याम्टनले दुबै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको २३ औं मिनेटमा ल्यान्कोको पासमा माराले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, २८ औं मिनेटमा रेमियो लाभियाको असिस्टमा मौस्साले गोल गर्दा खेल २–० को अवस्थामा पुगेको थियो ।

बलियो सिटीले दोस्रो हाफमा निरन्तर दवाव सिर्जना गरे तापनि गोल गर्न नसक्दा पराजय बेहोर्न बाध्य बन्यो ।

महत्वपूर्ण जितसंगै साउथह्याम्टनले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

यता, गयराति नै भएको अर्को क्वाटरफाइनल खेलमा नटिङघम फोरेस्टले उल्भ्समाथि ट्राइब्रेकरमा जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको छ ।

कारावाओ कपअन्तर्गत द सिटी ग्राउण्डमा भएको खेलमा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएसंगै खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत भएको थियो ।

खेलको १८ औं मिनेटमा विली बोलीको गोलमार्फत घरेलु टोलीले १–० को अग्रता लिएको थियो । तर, ६४ औं मिनेटमा राउल जेमिनिजले गोल फर्काउदा उल्भ्स खेलमा फर्किएको थियो ।

त्यसपछि दुबै टोलीबाट थप गोल नभएपछि खेल १–१ बराबरीमा सकिएको थियो । त्यसपछि सिधै ट्राइब्रकरमा निर्णय लिइएको थियो । जसमा घरेलु टोलीले ४–३ को जित हासिल गरेको थियो ।

अब लिग कपको सेमिफाइनलमा नटिङघम फोरेस्टले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ भने साउटह्याम्टनले न्युक्यासल युनाइटेडसंग प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल खेल होम एन्ड अवेका आधारमा हुनेछ । सेमिफाइनलअन्तर्गत पहिलो लेग खेल जनवरी २५ तारिखमा हुनेछ । त्यस्तै, दोस्रो लेग खेल फेब्रुअरी १ मा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.