
एजेन्सी । आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपको पाँचौं चरण प्रवेश गरेको छ ।
शुक्रवार राति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि १–० को जित हात पार्दै प्रतियोगिताको पाँचौं चरण प्रवेश गरेको हो ।
इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि एकमात्र निर्णायक गोल खेलको ६४ औं मिनेटमा नाथन एकेइले गरेका थिए ।
यता, जारी सिजन उच्च लयमा रहेको आर्सनल भने पराजयसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।