Kyle Walker of Manchester City lifts the Premier League trophy following the Premier League match between Manchester City and West Ham United at the Etihad Stadium, Manchester, England. Sunday 19th May 2024. (Photo by Tom Flathers/Manchester City FC)

एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले इंग्लिस फुटबलको लोकप्रिय घरेलु लिग प्रिमियर लिगको उपाधि रक्षा गरेको छ ।

आईतवार राति भएको सिजनको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडमाथि ३–१ को जित निकाल्दै साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि रक्षा गरेको हो ।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीलाई उपाधि दिलाउन फिल फोडेनले दुई गोल गर्दा रोड्रीले अर्को एक गोल गरे ।

पराजित भ्रमणकारी टोलीका लागि मोहम्मेद कुदुसले एक गोल फर्काए ।

खेल सुरु भएको दोस्रो मिनेटमै बर्नाडो सिल्भाको पासमा फोडेनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि १८ औं मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा सिटी २–० ले अघि बढ्यो ।

तर, ४२ औं मिनेटमा कुदुसले वेस्टह्यामका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।

त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा सिल्भाको असिस्टमा रोड्रीले गोल थप्दा सिटी ३–१ ले विजयी भयो ।

सहज जितसंगै लिग लिडर सिटीले लिगमा ३८ खेलबाट ९१ अंक जोड्यो ।

यो भनेको निकतम प्रतिद्वन्दी आर्सनलको भन्दा दुई अंकले बढी हो ।

गयराति इमिरेट्स रंगशालामा एभर्टनविरुद्व २–१ को जित निकालेको आर्सनलको समान ३८ खेलमा ८९ अंक रह्यो ।

प्रिमियर लिगको उपाधि रक्षा गरेसंगै पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले लगातार चारपल्ट लिग जित्ने क्रीतिमान पनि कायम गर्यो ।

प्रिमियर लिगमा हालसम्म सिटीका अलावा कुनैपनि टोलीले लगातार चारपल्ट लिगको उपाधि उचाल्न सकेको छैन ।

गयराति नै भएको अन्य खेलहरुमा लिभरपूलले उल्भ्समाथि २–० को जित निकाल्दा क्रिस्टल प्लालेसले एस्टनभिल्लामाथि ५–० को फराकिलो जित रच्यो ।

त्यस्तै, म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि २–० को जित हासिल गर्दा टोटनहम हटस्परले सेफिल्ड युनाइटेडमाथि ३–० को जित निकाल्यो ।

यता, चेल्सीले एएफसी बर्नमाउथमाथि २–१ को जित निकाल्दा न्युक्यासल युनाइटेडले ब्रेन्टफोर्डमाथि ४–२ को जित हासिल गर्यो ।

त्यस्तैगरी फुलहमले लुटन टाउनमाथि ४–२ को जित हात पार्दा नटिङघम फोरेस्टले बर्नलीमाथि २–१ को जित निकाल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.