भक्तपुर । नर्वेजियन अन्तर्राष्ट्रिय स्टाइकर इर्लिङ हालान्डले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि १०० गोल गर्दै नयाँ क्रीतिमान कायम गरेका छन् ।

हालान्ड जर्मन क्लब बुरुसिया डर्टमण्डबाट सिटी आएयता १०५ खेलबाट १०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सनिवार राति प्रिमियर लिगअन्तर्गत आर्सनलविरुद्वको खेलमा हालान्डले खेल सुरु भएको ९ औं मिनेटमा साभिन्होको पासमा उक्त क्रीतिमानी गोल गरेका हुन् ।

पेप ग्वार्डिओलाको नेतृत्वमा रहेकोमा रहेको सिटीका लागि १०० गोल पुरा गर्ने हालान्ड १९ औं खेलाडी समेत बनेका छन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका लागि तेस्रो सिजन खेलिरहेका २४ वर्षिय फरवार्डले ६ खेलबाट २ ह्याट्रिकसहित १० गोल गरिसकेका छन् ।

हालान्ड प्रिमियर लिग क्लब आएदेखि लगातार दुई सिजन गोल्डेन बुट जितेका छन् ।

उनले पहिलो सिजनमा सिटीको जर्सीमा ५२ गोल दोस्रो सिजन ३८ गोल गरेका छन् ।

उनले सिटीका लागि हालसम्म ७३ गोल प्रिमियर लिगमा गरेका छन् भने १८ गोल युईएफए च्याम्पियन्स लिग, एफए कपमा ८ र इएफएल कपमा १ गोल गरेका छन् ।

उनले सिटी आएयता मात्र ११ ह्याट्रिक हानिसकेका छन् ।

जसमध्ये ८ ह्याट्रिक प्रिमियर लिगमा २ ह्याट्रिक एफए कपमा र एक ह्याट्रिक च्याम्पियन्स लिगमा हानेका छन् ।

सिटीको जर्सीमा उनले भन्दा बढी ह्याट्रिक सजिर्यो अग्वेइरोले मात्र हानेका छन् ।

अर्जेन्टिनी लेजेण्ड खेलाडीले सिटीका लागि १२ ह्यट्रिक हानेका छन् ।

अग्वेइरो सिटीका उच्च गोलकर्ता समेत हो ।

उनले सिटीका लागि ३९० खेलमा २६० गोल गरेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.