
एजेन्सी । घरेलु फुटबलकै लोकप्रिय मानिएको इंग्लिस फुटबलको २०२३–२४ सिजन सकिएको छ ।
प्रतिष्ठित एफए कपको फाइनल खेल सकिएसंगै जारी सन् २०२३–२४ सिजन सकिएको हो ।
प्रिमियर लिगसंगै एफए कप, इएफएल कप र एफए कम्युनिटी सिल्ड गरी कुल चार शीर्ष प्रतियोगिता रहेको इंग्लिस घरेलु फुटबलका विजेताहरुलाई नियालौं ।

म्यानचेस्टर सिटी
इंग्लिस महारथी क्लब म्यानचेस्टर सिटीले पुनः एकपल्ट प्रिमियर लिगको उपाधि रक्षा गर्न सफल भयो ।
गत सिजनमा ट्रिबल उपाधि जित्दै इतिहास रचेको सिटीले योपल्ट भने प्रिमियर लिगमात्रै उचाल्न सक्यो ।
प्रिमियर लिग जित्न पनि सिटीले ३८ औं अर्थात् अन्तिम खेलसम्म कुर्न पर्यो ।
जसमा निकतम प्रतिद्वन्दी आर्सनललाई लिग तालिकामा दुई अंकले पछि पार्दै सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्न सफल भयो ।
योसंगै सिटीले लगातार चार सिजन प्रिमियर लिग जित्ने क्रीतिमान पनि कायम गर्यो ।
पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले लिगमा ३८ खेल खेलिसक्दा २८ मा जित ७ मा बराबरी र मात्र ३ खेलमा हार बेहोर्दै ९१ अंक जोडेर लिग टप गर्यो ।
यसक्रममा सिटीले १३ क्लिन सिट पनि राख्यो ।
तर, सिटीले एफए कपको उपाधि भने रक्षा गर्न सकेन ।
चिरपरिचित सहरी प्रतिद्वन्दी म्यानचेस्टर सिटीसंग पराजित हुँदा सिटी उपविजेता मै सिमित बन्यो ।

म्यानचेस्टर युनाइटेड
सिजन २०२३–२४ सुरु हुनुपुर्व प्रिमियर लिगको दाबेदारका रुपमा हेरिएको म्यानचेस्टर युनाइटेडले सोचे भन्दा नराम्रो सिजन बितायो ।
उसले इतिहासमै कमजोर प्रदर्शन गर्नेक्रममा लिगमा ३८ खेलबाट ६० अंकमात्र जोड्दै आठौं स्थानमा रहेर लिग टुंग्यायो ।
तर, सिजनको अन्त्यतिर साविक विजेता समेत रहेको बलियो म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्यो ।
योसंगै युनाइटेडले अघिल्लो सिजनको फाइनल खेलमा बेहोरेको हारको बदलासमेत लिन सफल बन्यो ।

लिभरपूल
सिजन भरी नै तुलनात्मक रुपमा राम्रो प्रदर्शन देखाएको लिभरपूलले सिजनको अन्तिम केहि खेल सम्हालिन नसक्दा लिग जित्नबाट चुक्यो ।
लिगमा ३८ खेलमध्येमा २४ मा जित १० मा बराबरी र ४ मा हारको नतिजा समाना गर्दै ८२ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा रहँदै लिग अन्त्य गर्यो ।
मर्सिसाइड क्लबले चिरपरिचित प्रतिद्वन्दी चेल्सीलाई १–० ले पराजित गर्दै घरेलु प्रतियोगिता इएफएलको उपाधि उचाल्यो ।

आर्सनल
प्रिमियर लिगमा सिजन भरी नै उत्कृष्ट प्रदर्शन गरेको आर्सनलले सिटीलाई उछिन्न भने सकेन ।
तर, उसले ३८ लिग खेलबाट २८ मा जितसहित ५ मा बराबरी र ५ मा हारको नतिजा निकाल्दै ८९ अंक जोड्दै लिगमा दोस्रो स्थानमा रहन सफल भयो ।
प्रिमियर लिगसंगै एफए कप र इएफएल कप जित्न नसकेतापनि आर्सनलले सिजनको सुरुवातमा खेलाईने एफए कम्युनिटी सिल्ड भने जित्न सफल भयो ।
उसले म्यानचेस्टर सिटीलाई ट्राइब्रेकरमा ४–१ ले पराजित गर्दै कम्युनिटी सिल्ड जित्यो ।