एजेन्सी । १९ वर्षमूनीको आईसीसी यू–१९ विश्वकप छनोटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरमाथि ९६ रनको फराकिलो जित हात पारेको छ ।

२६२ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै १६५ रनमा समेतिएपछि नेपाले फराकिलो जित हात पारेको हो ।

युएईको इर्डेन गार्डेन ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरका लागि आर्यन मोदीले १०० बल खेल्दै २ चौका प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए ।

त्यस्तै, सिद्धान्त श्रीकनाथ ८० बलमा १ चौका र १ छक्कासहित ४४ रन बनाउँदै पेविलियन फर्किए । यता, अर्जुन नागपल र अभुद्य चाजेरले समान १४–१४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेन ।

नेपालका हेमन्त धामी र सुवास भण्डारीले समान २–२ विकेट लिँदा विशाल विक्रम केसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।

नेपालका लागि आकाश त्रिपाठीले १०० बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७८ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै विशाल विक्रम केसी ५४ बलमा ४ चौका र २ छक्कासहित ६३ रनमा अविजित रहे । अर्जुन कुमाल ३७ रन जोड्दै पेविलियन फर्किदा कप्तान देव खनाल २१ रनमा आउट भए ।

त्यस्तै, सुवास भण्डारीले अविजित १२ जोड्दा दिपक डुम्रेले १०, दिपक बोहोरा ५, मिलन बोहोराले ४ रनमा आउट भए ।

सिंगापुरका लागि आर्यभार चौधरी र अभ्युदय छन्जिरले समान २–२ विकेट लिए ।

प्रतियोगितामा नेपालसहित आयोजक यूएई, सिंगापुर, कुबेत, हङकङ र मलेसिया गरि ६ राष्ट्रको सहभागिता रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.