एजेन्सी । आईभरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सअन्तर्गत खेलमा सेनेगलले गिनीमाथि सहज जित निकालेको छ ।

मंगलवार राति भएको खेलमा साविक विजेता सेनेगलले गिनीमाथि २–० को जित निकालेको हो ।

स्टेड चार्लिस कोनान बान्नी दि यामौस्सौक्रो रंगशालामा भएको खेलमा अब्दौलाय सेक र एलाइमन एनडाईले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा क्रेपिन डियाटाको असिस्टमा सेकले गोल गर्दै सेनेगललाई १–० को अग्रता दिलाए ।

त्यसपछि खेलको अन्त्यतिर ९० औं मिनेटमा साडियो मानेको पासमा एनडाईले गोल गर्दै सेनेगललाई २–० ले जित दिलाए ।

सहज जितसंगै सेनेगलले समूह ‘सी’ शतप्रतिशत जित हासिल गर्दै ९ अंक जोडेर समूह विजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो ।

पराजित गिनीको ३ खेलमा ४ अंक रहेको छ । गिनी तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यता, सोहि समूहको अर्को खेलमा क्यामरनले गाम्बियामाथि ३–२ को जित निकालेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५६ औं मिनेटमा कार्ल टोको इकाम्बीको गोलमार्फत् क्यामरनले सुरुवाती अग्रता लियो ।

तर, ७२ औं मिनेटमा अब्ली जाल्लोले गाम्बियाका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ८५ औं मिनेटमा इबरिमा कोल्लेले गोल गर्दै गाम्बियालाई २–१ ले अघि बढाए ।

त्यसको २ मिनेटपछि नै गाम्बियाकै जेम्स गोमेजले आत्मघाती गोल गर्दा क्यामरन २–२ को बराबरीमा आयो ।

त्यसपछि निर्धारित ९० मिनेटपछि थपिएको इन्जुरी समयको पहिलो मिनेटमा क्रिस्टोफर उले गोल गर्दा क्यामरन ३–२ ले विजयी भयो ।

प्रतिस्पर्धात्मक जितसंगै क्यामरनले समूह ‘सी’ मा ३ खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.