एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी प्रिमियर लिगमा एएफसी बर्नमाउथसंग स्तब्ध बनेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटी तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी एएफसी बर्नमाउथसंग २–१ गोलअन्तरले स्तब्ध बनेको हो ।
बर्नमाउथको घरेलु मैदान भिटाली स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई ऐतिहासिक जित दिलाउन एन्टोनी सेमेन्यो र इभानिल्सनले गोल गरे ।
पराजित सिटीका लागि भने जस्को ग्भार्डियोलले एक गोल फर्काए ।
खेल सुरु भएको ९ औं मिनेटमै मिलोस केर्केजको पासमा सेमेन्योले गोल गर्दै घरेलु टोलीलाई सनसनी १–० को अग्रता दिलायो ।
त्यसपछि दोस्रो हाफको ६४ औं मिनेटमा केर्केजकै पासमा इभानिल्सनले गोल थप्दा बर्नमाउथ २–० ले अघि बढ्यो ।
यता, ८२ औं मिनेटमा इल्के गुन्डुवानके पासमा ग्भाडियोलले सिटीका लागि एक गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन ।
महत्वपूर्ण जितसंगै बर्नमाउथले १० बाट १५ अंक जोडेर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ ।
पराजित सिटीको समान १० खेलमा २३ अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ ।