एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटी युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको अन्तिम १६ अन्तर्गत दोस्रो खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले डच टोली एफसी कोपेनहेगनमाथि ३–१ को जित निकाल्दै समग्रमा ६–२ को जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनमा प्रवेश गरेको हो ।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भयो ।

खेल सुरु भएको पाँचौं मिनेटमा जुलियान अल्भारेजको पासमा म्यानुयल अकान्जीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

लगत्तै ९ औं मिनेटमा अल्भारेजले गोल थप्दा सिटी २–० ले अघि बढ्यो ।

तर, २९ औं मिनेटमा मोहम्मेद इलयोनौस्ीिले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।

पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीको पासमा इर्लिङ हालान्डले गोल थप्दा सिटी ३–१ ले विजयी भयो ।

सिटीले यसअघि पनि अन्तिम १६ अन्तर्गत पहिलो लेग खेलमा ३–१ कै जित निकालेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.