एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगअन्तर्गत खेलमा चेल्सीसंग बराबरीमा रोकिएको छ ।

सनिवार राति भएको साताको हेभिवेट खेलमा साविक विजेता म्यानचेस्टर सिटी जारी सिजन लयमा आउन संघर्षरत चेल्सीसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा ४२ औं मिनेटमा निकोलास ज्याक्सनको पासमा रहिम स्टर्लिङले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफको ८३ औं मिनेटमा रोड्रीले सिटीका लागि गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

बराबरीमा रोकिँएसंगै सिटीले २४ खेलमा ५३ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा झरेको छ ।

यता, लण्डन क्लब चेल्सीले भने २५ खेलमा ३५ अंक जोड्दै तालिकाको १० औं स्थानमा यथावत रहेको छ ।

त्यस्तै, सनिवार राति नै भएको प्रिमियर लिगअन्तर्गत अर्को खेलमा उपाधि दावेदारका रुपमा रहेको आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बर्नलीमाथि ५–० को फराकिलो जित हासिल गर्यो ।

बर्नलीको घरेलु मैदान टर्फ मोर रंगशालामा भएको खेलमा मार्टिन ओडिगार्डले खेल सुरु भएको चौथौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ४१ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोलीलाई २–० ले अघि बढाए ।

यता, दोस्रो हाफको ४७ औं मिनेटमा साकाले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा गर्नसका रुपमा समेत चिनिने आर्सनल ३–० ले अघि बढ्यो ।

त्यस्तै, ६६ औं मिनेटमा लियान्ड्रो ट्रोस्सार्डले गोल थप्दा आर्सनल ४–० ले अघि बढ्यो ।

७८ औं मिनेटमा जाकुब किविओरको असिस्टमा काइ हाभार्टेजले गोल थप्दा आर्सनल ५–० को फराकिलो अन्तरले विजयी भयो ।

एकपक्षिय जितसंगै आर्सनलले २५ खेलबाट ५५ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित बर्नलीको समान २५ खेलमा १३ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।

गयराति नै भएको अन्य खेलहरुमा टोटनहम हटस्पर उल्भ्ससंग २–१ ले स्तब्ध हुँदा नटिङघम फोरेस्टले वेस्टह्यामलाई २–० ले हरायो ।

त्यस्तै फलहमलाई एस्टन भिल्लाले २–१ ले पराजित गर्दा न्युक्यासल युनाइटेडएएफसी बर्नमाउथले २–२ को बराबरी खेल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.