Sadeera Samarawickrama of Sri Lanka during the Asia Cup 2023 cricket match between Bangladesh and Sri Lanka at the Pallekele International Cricket Stadium, Kandy, Sri Lanka on the 31st August, 2023. Photo by: Deepak Malik / CREIMAS / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

एजेन्सी । साविक विजेता श्रीलंकाले १६ औं संस्करणको एसीसी एसिया कपअन्तर्गत पहिलो खेलमा बंगलादेशमाथि जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

विहिवार भएको खेलमा सह–आयोजक समेत रहेको श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

महत्वपूर्ण जितसंगै समूह ‘बी’ मा रहेको श्रीलंकाले २ अंक जोडेको छ ।

श्रीलंकास्थित पाल्लेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको घरेलु टोलीले ३९ ओभर खेल्दै ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

श्रीलंकाको जितमा चरिथ असलङ्गाले ९२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान दासुन शानाकाले २१ बलमा १ चौका मद्दतमा १४ रन जोड्दै अविजित रहे ।

सदिरा समराविक्रमाले ७७ बलमा ६ चौका प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेले ।

त्यस्तै, पाथुम निस्साङ्काले १३ बलमा १ चौका प्रहार गर्दै १४ रन बनाउँदै पेविलियन फर्किदा विकेटकिपर कुशल मेन्डिसले ५, धनन्जय दि सिल्भाले २ र दिमुथ करुणारत्नेले १ रन बनाउँदै पेविलियन फर्किए ।

श्रीलंकाले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

बंगलादेशका लागि कप्तान शकिब अल हसनले १० ओभर बलिङ गर्दै २ मेडन राखेर २९ रन दिँदै २ विकेट लिए ।

त्यस्तै, तास्किन अहमेद, शोरिफुल इस्लाम र माहेदी हसनले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले ४२.४ ओभरमा अलआउट हुँदै १६४ रन बनायो ।

बंगलादेशका लागि नाजमुल हुसेन शान्तोले १२२ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ८९ रनको अर्धशतकिय पारी खेल्दा टौहिद हृड्वयले ४१ बल खेल्दै २० रन बनाएर पेविलियन फर्किए ।

त्यस्तै, मोहम्मद नासिमले २३ बलमा ३ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किदा विकेटकिपर मुश्फीक्युर रहिमले २२ बलमा १ चौका प्रहार गर्दै १३ रन बनाएर आउट भए ।

यता, कप्तान शकिब अल हसन ५, माहेदी हसन ६, मेहिदे हसन ५ रनमा आउट हुँदा तान्जिद हसन, तस्किन अहमेद र मुस्तफिजुर रहमान शुन्य रनमा पेविलियन फर्किए ।

शोरीफुल इस्लाम २ रनमा अविजित रहे । बंगलादेशले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

घरेलु टोलीका लागि माथेशा पाथीराणाले ७.४ ओभर बलिङ गर्दै ३२ रन दिएर सर्वाधिक ४ विकेट लिँदा महेश थेकशानाले ८ ओभर बलिङ गर्दा १ मेडन राख्दै १९ रन दिएर २ विकेट हात पारे ।

त्यस्तै, कप्तान दासुन शानाका, धनन्जय दि सिल्भा र दुनिथ वेल्लालागेले समान १–१ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत सेप्टेम्बर २ तारिख अर्थात् भदौ १६ गते सनिवार उपाधि दाबेदार टोलीद्वय पाकिस्तान भारतबीच खेल हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.