एजेन्सी । जर्मन बुडेसलिगामा बायर लेभरकुसेनलाई वेर्डेर ब्रेमेनले बराबरीमा रोकेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको बायर लेभरकुसेनलाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी वेर्डेर ब्रेमेनले २–२ गोलको बराबरीमा रोकेको हो ।
ब्रेमेनको घरेलु मैदान वेर्सेरस्टाडिअन रंगशालामा भएको खेलमा अन्तिम समयतिर बराबरी गोल फर्काउँदै घरेलु टोलीले साविक विजेता टोलीसंग महत्वपूर्ण एक अंक खोस्न सफल भयो ।
पहिलो हाफको ३० औं मिनेटमा जेरेमी फ्रिम्पोङको पासमा भिक्टर बोनिफेसले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ७७ औं मिनेटमा जुलियान मालाटिनीको पासमा मार्भिन डकस्चले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको तीन मिनेटपछि नै ब्रेमेनका फेलिक्स अघुले आत्मघाती गोल गर्न पुग्दा लेभरकुसेन २–१ ले अघि बढ्यो ।
तर, खेलको अन्त्यतिर ९० औं मिनेटमा घरेलु टोलीका लागि जस्टिन जिन्माहको पासमा रोमानो स्चमिडले सनसनी गोल गर्दै घेललाई २–२ को बराबरीमा सक्याए ।
बराबरीसंगै लेभरकुसेनले ८ खेलबाट १५ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
यता, बलियो टोलीविरुद्व अंक खोेसेको ब्रेमेनले भने समान ८ खेलमा १२ अंक जोडेर तालिकाका ९ औं स्थानमा रहेको छ ।