एजेन्सी । प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनमाथि जित हासिल गर्दै लिभरपूल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको खेलमा ब्राइटनमाथि ३–२ को जित हासिल गर्दै साविक विजेता लिभरपूल इएफएल कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा साविक विजेता टोलीलाई जिताउन कोडी गाक्पोले दुई गोल गर्दा लुइस डाइजले एक गोल थपे ।

घरेलु टोलीका लागि भने सिमोन अडिनग्रा र तारिक लाम्पटेले गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४६ औं मिनेटमा गोक्पोले गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।

त्यसपछि ६३ औं मिनेटमा गाक्पोले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा साविक विजेता टोली २–० ले अघि बढ्यो ।

यता, ८१ औं मिनेटमा सिमोनले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।

तर, ८५ औं मिनेटमा डाइजले गोल गर्दा लिभरपूल ३–१ ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर ९० औं मिनेटमा तारिखले ब्राइटनका लागि गोल फर्काए तापनि हार भने तार्न सकेन ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.