एजेन्सी । फिफा विश्वकपका लागि स्थगित भएको स्पेनिस घरेलु लिग सुक्रवार रातिबाट पुनः सुरु भएको छ । गयराती साविक विजेता रियल मड्रिडले रियल भालाडोलिडलाई २–० ले पराजित गरेसंगै मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

भालाडोलिडको घरेलु मैदान जोसे जोरिल्लामा बराबरी उन्मुख खेलमा भ्रमणकारी टोलीले अन्तिम १० मिनेटमा दुई गोल गर्दै खेल जितेको थियो ।

मड्रिडका लागि दुबै गोल करिम बन्जामाले गरेका थिए । घरेलु टोलीका सर्जियो लियोनले ८१ औं मिनेटमा रोतो कार्ड पाएसंगै खेल नाटकिय रुपमा परिर्वतन भएको थियो ।

परिर्वतित खेलाडीका रुपमा मैदान प्रवेश गरेका बेन्जामाले ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

त्यसपछि ८९ औं मिनेटमा थप गोल निस्कदा साविक विजेताले खेल २–० ले जित्यो । जितसंगै मड्रिड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

मड्रिडको १५ खेलमा ३८ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ३७ अंक छ ।

पराजित रियल भालाडोलिडको १५ खेलमा १७ अंकका साग तालिकाको १५ औं स्थानमा छ ।

गयराति नै सम्पन्न अन्य खेलहरुमा सेभिल्ला र सेल्टाभिगो १–१ को बराबरीमा रोकिँदा कादिज र अर्मेरिआले पनि १–१ कै बराबरी खेले ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.