AL KHOR, QATAR - DECEMBER 10: Olivier Giroud of France celebrates after scoring the team's second goal during the FIFA World Cup Qatar 2022 quarter final match between England and France at Al Bayt Stadium on December 10, 2022 in Al Khor, Qatar. (Photo by Catherine Ivill/Getty Images)

भक्तपुर । कतारमा जारी फिफा विश्वकपको चौथौं तथा अन्तिम क्वाटरफाइनल खेलमा इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्स समिफाइनलमा प्रवेश गरेको छ ।

सनिवार राति अल ब्याट रंगशालामा भएको खेलमा साविक विजेता समेत रहेको फ्रान्सले उपाधि दाबेदार मानिएको इंग्ल्याण्डलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

खेलको १७ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा औरेलियन चोउमेनीको गोलमार्फत फ्रान्सले सुरुवाती अग्रता लिएको थियो ।

रोमाञ्चक खेलको ५४ औं मिनेटमा थ्री लायन्सका रुपमा परिचित इंग्लिस टोलीका लागि कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

फ्रान्सका डिफेन्डरले इंग्ल्याण्डका बुकायो साकालाई फाउल गरेपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा ओलिभर जिरुडले खेलको ७८ औं मिनेटमा गोल गर्दा फ्रान्स २–१ ले अगाडी बढ्यो ।

यता, ५४ औं मिनेटमा भिएआरको सहायतामा इंग्ल्याण्डले पेनाल्टी पाएता पनि त्यसमा केन चुक्दा इंग्ल्याण्ड क्वाटरफाइनलबाटै घर फर्कन बाध्य बन्यो ।

उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले अब सेमिफाइनलमा अफ्रिकी राष्ट्र मोरक्कोको सामना गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.