भक्तपुर । उत्तर अफ्रिकी राष्ट्र मोरक्कोलाई पराजित गर्दै फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको खेलमा साविक विजेतासमेत रहेको फ्रान्सले मोरक्कोमाथि २–० को जित हात पार्दै उपाधि रक्षा अभियान जारी राखेको हो ।

अब डिडियर डसच्याम्पको नेतृत्वमा रहेको टिमले लियोनल मेसीको टिमविरुद्व अनुकुल नतिजा निकालेको खण्डमा उपाधि रक्षा गर्नेछ ।

फ्रान्सका लागि थियो हर्नाडेज र रानदाल कोलो मुआनीले एक एक गोल गरे ।

अल ब्याट रंगशालामा खेल सुरु भएको पाचौं मिनेटमै साविक विजेताले हर्नाडेजको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफ १–० ले अघि रहेको फ्रान्सले दोस्रो हाफको ७९ औं मिनेटमा अग्रता दोब्बर पार्यो ।

फ्रान्सका लागि परिवर्तित खेलाडीका रुपमा ओसमान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका रानदाल कोलो मुआनी गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

रोमाञ्चक खेलमा मोरक्कोले बलियो फ्रान्सविरुद्व करिब ६१.२ प्रतिशत बल नियन्त्रणमा राखेर दवाव सिर्जना गरेता पनि गोल गर्न नसक्दा पराजय बेहोर्नु पर्यो ।

खेल अवधिभर फ्रान्सले १४ सट प्रहार गर्दा ३ सट टार्गेटमा लागेको थियो, जसमा उसले २ गोल गर्न सफल भयो ।

यता, मोरक्कोले खेलभरी १३ सट प्रहार गर्दा ३ सट टार्गेटमा पार्दा गोल भने निकाल्न सकेन ।

अब साविक विजेता फ्रान्सले उपाधिका लागि आइतवार अर्जेन्टिनासंग सामना गर्दा मोरक्कोले भने तेस्रो स्थानका लागि क्रोएसियासंग सनिवार प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.