
भक्तपुर । फिफा विश्वकपको मंगलवार रातिको अन्तिम खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियामाथि पूनरागमन फराकिलो जित निकालेको छ ।
अल जनोव रंगशालामा सुरुवाती १० मिनेटमै १–० ले पछि परेको अवस्थालाई फ्रान्सले उल्ट्याउँदै ४–१ को पूणरागमण जित निकालेको हो ।
एसियाली राष्ट्र अष्ट्रेलियाले खेलको ९ औं मिनेटमा क्राइग गुडविनको गोलमार्फत खेलमा १–० को अग्रता बनाएको थियो । तर साविक विजेता टोलीका लागि एर्डिन राबियोटले २७ औं मिनेटमा बराबरी गोल फर्काए । उनले परिर्वतित खेलाडी थियो हर्नाडेजको पासमा गोल गरेका थिए ।
त्यसपछि खेलको ३२ औं मिनेटमा राबियोटले एसिस्ट गर्दा फरवार्ड ओलिभर जिरुडले गोल गर्दै बलियो फ्रान्सलाई खेलमा २–१ को अग्रता दिलाए ।
दोस्रो हाफको ६८ औं मिनेटमा फ्रान्सका स्टार युवा खेलाडी केलियन एम्बाप्पेले गोल गर्दा खेल ३–१ को अवस्थामा पुगेको थियो । पीएसजीका स्टारलाई ओसमान डेम्बेलेले असिस्ट गरेका थिए ।
यता, खेलको ७१ औं मिनेटमा जिरुडले व्यक्तिगत रुपमा दोस्रो तथा राष्ट्रका लागि चौथौं गोल गर्दा फ्रान्सले ४–१ को फराकिलो जित दर्ता गर्यो ।
जितसंगै साविक विजेता फ्रान्सले समूह ‘डी’ मा ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।