
एजेन्सी । इटालियन सिरी ए अन्तर्गत खेलमा एसी मिलानले नापोलीमाथि जित निकालेको छ ।
आईतवार राति भएको खेलमा एसी मिलानले साविक विजेता समेत रहेको नापोलीमाथि १–० को जित निकालेको हो ।
मिलानको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा थियो हर्नान्डेजले एकमात्र निर्णायक गोल गरे ।
हर्नान्डेजले खेलको २५ औं मिनेटमा राफायल लियोको पासमा निर्णायक गोल गर्दै मिलानलाई जिताए ।
महत्वपूर्ण जितसंगै मिलानले २४ खेलमा ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।
पराजित नापोलीको भने २३ खेलमा ३५ अंक रहेको छ ।
जारी सिजन लय समात्न संघर्षरत साविक विजेता टोली तालिकाको ९ औं स्थानमा झरेको छ ।