Royal Challengers Bangalore celebrating the wicket of Mitchell Santner of Chennai Superkings during match 68 of the Indian Premier League season 17 (IPL 2024) between Royal Challengers Bangalore and Chennai Super Kings held at the M.Chinnaswamy Stadium, Bengaluru on the 18th May 2024. Photo by Saikat Das / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा चेन्नेई सुपर किंग्समाथि जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा प्रवेश गरेको छ ।

सनिवार राति भएको आईपिएल खेलमा साविक विजेता समेत रहेको चेन्नेई सुपर किंग्समाथि २७ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेङ्गलोर प्लेअफमा प्रवेश गरेको हो ।

योसंगै प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ ।

यसअघि नै कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेको छ ।

महत्वपूर्ण जितसंगै बेङेगलोरले १४ खेलमा ७ मा जित र ७ मा हारको नतिजा निकाल्दै १४ अंक जोडेर लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

पराजित साविक विजेताको भने समान खेलमा समान जित र हारका साथ सामान १४ नै अंक रहेतापनि नेट रननेटका आधारमा तालिकाको पाँचौं स्थानमा रह्यो ।

बेङ्गलोरको घरेलु मैदान एम. चिन्नस्वामी रंगशालामा भएको खेलमा २१९ रनको विजयी लक्ष्य पछ्याएको चेन्न्ेई निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १९१ रनमा समेतियो ।

चेन्नेईलाई नेट रननेटमा अघि रहन कम्तीमा २०१ रन चाहिएको थियो ।

तर, उक्त योगफल पनि पछ्याउन सकने ।

चेन्नेईका लागि ओपनर ब्याट्सम्यान रचिन रविन्द्रले ३७ बलमा ५ चौका र ३ छक्का प्रहार र्गै ६१ रनको अर्धशतकिय पारी खेल्दै रनआउट हुँदा रविन्द्र जडेजाले २२ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहे ।

त्यस्तै, अजिन्के राहानेले २२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा विकेटकिपर महेन्द्र सिंह धोनीले १३ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर पेविलियन फर्किए ।

यता, इम्प्याक्ट प्लेयरका रुपमा मैदानमा आएक शिभम् दुबे ७, डर्याल मिट्चेल ४, मिट्चेल सान्टेनर ३ र कप्तान रुतुराज गाइकवाद शुन्य रनमा पेविलियन फर्किए ।

शार्दुल ठाकुर १ रनमा अविजित रहे ।

चेन्नेईले अतिरिक्त रुपमा १५ रन जोड्यो ।

चेन्नेईमाथि जित निकाल्न बेङ्गलोरका लागि यश डयालले २, ग्लिन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फगुर्शन र क्यामरन ग्रिनले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बेङ्गलोरले निर्धारित २० ओभरका ेखेलमा ५ विकेट गुमाउँदै २१८ रन जोड्यो ।

बे«ङ्गलोरका लागि कप्तान फाफ दु प्लेसिसले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा विराट कोहोलीले २९ बल खेल्ै ३ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, रजत पातिदारले २३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडेर पेविलियन फर्किदा क्यामरन ग्रिनले १७ बल खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडेर अविजित रहे ।

यता, ग्लिन म्याक्सवेलले ५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा विकेटकिपर दिनेश कार्तिकले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।

महिपाल लोमरोर भने शुन्य रनमा अविजित रहे ।

बेङ्गलोरले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

चेन्नेईका लागि शार्दुल ठाकुरले २ विकेट लिँदा तुषार देशपाण्डे र मिट्चेल सान्टेनरले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.