Soccer Football - AFC Asian Cup - Round of 16 - Qatar v Palestine - Al Bayt Stadium, Al Khor, Qatar - January 29, 2024 Qatar fans celebrate after the match REUTERS/Molly Darlington

एजेन्सी । आयोजक राष्ट्र कतार एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमवार राति भएको खेलमा साविक विजेता समेत रहेको कतारले प्यालेस्ताइनमाथि २–१ को पुनरागमन जित रच्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।

अल बायट रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा हसन अल हायदोस र अक्रम अफिफले गोल गर्दा पराजित टोलीका लागि ओदय दाब्बाघले एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा ओदय दाब्बाघको गोलमार्फत् प्यालेस्ताइनले सुरुवाती अग्रता लियो ।

तर, पहिलो हाफको इन्जुरी समयमा अक्रम अफिफको पासमा हसन अल हायदोसले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा अक्रम अफिफले पेनाल्टीमार्फत् गोल थप्दा कतार २–१ ले विजयी भयो ।

हारसंगै प्यालेस्ताइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.