एजेन्सी । इटालीले युरोपियन फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) अन्तर्गत खेलमा अल्बानियामाथि पुनरागमन जित हासिल गरेको छ ।

सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको इटालीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल्बानियामाथि २–१ को पुनरागमन जित हासिल गरेको हो ।

जर्मनीको डर्टमण्डस्थित बिभिबि स्टाडियन डर्टमण्ड रंगशालामा भएको खेलमा इटालीको जितमा अलेस्सान्ड्रो बास्टोनी र निकोलो बरेल्लाले गोल गरे ।

पराजित टोलीका लागि निदिम बजरामीले एक गोल गरे ।

खेल सुरु भएको पहिलो मिनेटमै बजरामीले गोल गर्दै अल्बानियालाई सनसनी सुरुवाती अग्रता दिलाए ।

तर, ११ औं मिनेटमा लोरेन्जो पिलेग्रेनीको पासमा बास्टोनीले इटालीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसको पाँच मिनेटपछि १६ औं मिनेटमा बरेल्लाले गोल गर्दा इटाली २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल ननिस्केपछि खेल इटालीले जित्यो ।

महत्वपूर्ण जितसंगै इटालीले समूह ‘बी’ मा ३ अंक जोडेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.