Axar Patel (L) of India celebrates the dismissal of Jonny Bairstow of England during the ICC men's Twenty20 World Cup 2024 semi-final cricket match between India and England at Providence Stadium in Georgetown, Guyana, on June 27, 2024. (Photo by Randy Brooks / AFP) (Photo by RANDY BROOKS/AFP via Getty Images)

एजेन्सी । इंग्लयाण्डलाई पराजित गर्दै भारत आईसीसी टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति भएको सेमिफाइनल खेलमा साविक विजेता इंग्लयाण्डलाई ६८ रनले पराजित गर्दै भारत टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकासंग प्रतिस्पर्धा गर्नेछ ।

गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा १७२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड १६.४ ओभरमा अलआउट हुँदा मात्र १०३ रनमा समेतियो ।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले १९ बलमा ३ चौका प्रहार गर्दै २५ रन जोड्दा कप्तान तथा विकेटकिपर जोस बटलरले १५ बल खेल्दै ४ चौका प्रहार गरेर २३ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, जोफ्रा आर्चरले १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा लैम लिभिङस्टोनले १६ बलको सामना गर्दा ११ रन जोड्दै पेविलियन फर्किए ।

यता, मोइन अली ८, फिल साल्ट ५, साम करन र अदिल रशिद २–२, क्रिस जोर्डन १ र जोनी बाइस्ट्रो शुन्य रनमा पेविलियन फर्किदा रेस टोप्ले ३ रनमा अविजित रहे ।

इंग्ल्याण्डले अतिरिक्त रुपमा २ रन जोड्यो ।

साविक विजेतालाई धराशायी गर्दै अलआउट गर्न भारतका लागि कुलदिप यादव र अक्षर पटेलले समान ३–३ विकेट लिँदा जसप्रित बुमराहले २ विकेट लिए ।

त्यसअघि वर्षाले ढिलो गरि सुरु भएको खेलमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १७१ रन जोड्यो ।

भारतका लागि कप्तान रोहित शर्माले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ रनको अर्धशतकिय पारी खेल्दा सुर्यकुमार यादवले ३६ बल खेलदै ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, हार्दिक पाण्डेयाले १३ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रन जोडेर आउट हुँदा रविन्द्र जडेजाले ९ बलमा २ चौका प्रहार गर्दै १७ रन जोडेर अविजित रहे ।

यता, अक्षर पटेलले ६ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा विराट कोहोली ९, विकेटकिपर रिशभ पन्त ४ र शिभम् दुबे शुन्य रनमा पेविलियन फर्किदा अर्शदिप सिंह १ रनमा अविजित रहे ।

भारतले अतिरिक्त रुपमा ३ रन जोड्यो ।

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिँदा रेस टोप्ले, जोफ्रा आर्चर, साम करन र अदिल रशिदले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.