एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत क्वाटरफाइनल खेलमा जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार विहान भएको क्वाटरफाइनल खेलमा इक्वेडरमाथि ट्राइब्रेकरमा ४–२ को जित निकाल्दै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।

टेक्सासको हौस्टनस्थित एनआरजी स्टेडियममा भएको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।

ट्राइब्रेकरमा साविक विजेता टोलीलाई जित दिलाउन जुलियान अल्भारेज, एलेक्सिस म्याक अलीस्टार, गोन्जालो मोन्टिएल र निकोलास ओटामेन्डीले गोल गरे ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीको प्रहार क्रस बारमा लाग्दै बाहिरिए ।

अर्जेन्टिनालाई सेमिफाइनल पु¥याउन गोलकिपर इमिलियानो मार्टिनेजले महत्वपूर्ण दुई पेनाल्टी सेभ गरे ।

यता, इक्वेडरका लागि जोन याबोह र जोर्डी काइसेडोले पेनाल्टीमा गोल गर्दा एलान मिन्डा र एन्जेल मिनाले चुकाए ।

त्यसअघि निर्धारित समयको खेलको ३५ औं मिनेटमा एलेक्सिस म्याक अलीस्टारको पासमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए ।

यता, दोस्रो हाफको ६० औं मिनेटमा इक्वेडरले खेलमा फर्किने सुनौलो अवसर गुमायो ।

प्राप्त पेनाल्टीमा इनर भ्यालेन्सिया चुक्दा इक्वेडर खेल बराबरी गर्नबाट बञ्चित बन्यो ।

तर, निर्धारित समयको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा इक्वेडरका लागि जोन यबोहको पासमा केभिन रोड्रिगुएजले गोल फर्काउँदा खेललाई १–१ को बराबरीमा आयो ।

निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.