Shashank Singh of Punjab Kings during match 17 of the Indian Premier League season 17 (IPL 2024) between Gujarat Titans and Punjab Kings held at the Narendra Modi Stadium , Ahmedabad on the 4th April 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

एजेन्सी । पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत खेलमा गुजरात टाइटन्समाथि रोमाञ्चक जित निकालेको छ ।

विहिवार राति भएको आईपिएल खेलमा पञ्जाव किंग्सले साविक उपविजेता समेत रहेको गुजरात टाइटन्समाथि रोमाञ्चक ३ विकेटको जित निकालेको हो ।

जितसंगै पञ्जावले ४ खेलबाट ४ नै अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

पराजित गुजरातको भने समान ४ खेलबाट २ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशालामा भएको खेलमा २०० रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पञ्जावको जितमा शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा प्रभसिमरन सिंहले २४ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, इम्प्याक्ट प्लेयरका रुपमा मैदान छिरेका आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोड्दा ओपनर ब्याट्सम्यान जोनी बाइस्ट्रोले १३ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर २२ रन जोडेर पेविलियन फर्किए ।

यता, विकेटकिपर जितेश शर्माले ८ बलमा २ छक्का प्रहार गर्दै १६ रन जोड्दै पेविलियन फर्किदा सिकन्दर राजाले १६ बलमा १५ रन जोडेर आउट भए ।

कप्तान शिखर धवन १ र साम करन ५ रनमा पेविलियन फर्किदा हरप्रित बरार १ रनमा अविजित रहे ।

पञ्जावले अतिरिक्त रुपमा १३ रन जोड्यो ।

गुजरातका लागि नुर अहमदले २ विकेट लिँदा अज्मतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नालकान्देले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १९९ रन जोड्यो ।

गुजरातका लागि शुबमन गिले ४८ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८९ रनको अत्र्रशतकिय पारी खेल्दा साई सुदर्शनले १९ बल खेल्नेक्रममा ४ चौका प्रहार गरेर ३३ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, राहुल तेवातियाले ८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे अविजित रहँदा केन विलियम्सनले २२ बल खेल्दै ४ चौका प्रहार गरेर २६ रन जोड्दै पेविलियन फर्किए ।

यता, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर वृद्दिमन साहाले १३ बलमा २ चौका प्रहार गर्दै ११ रन जोडेर आउट हुँदा विजय शंकर ८ रनमा पेविलियन फर्किए ।

गुजरातले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

पञ्जावका लागि कागिसो राबडाले २ विकेट लिँदा हरप्रित बरार र हर्षल पटेलले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.