
एजेन्सी । इंग्ल्याण्ड १७ औं संस्करणको युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी नेडरल्याण्ड्समाथि २–१ को पुनरागमन जित निकाल्दै साविक उपविजेता इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीको डर्टमण्ड सहरस्थित बिभिबि स्टाडियन डर्टमण्ड रंगशालामा भएको रोमाञ्चक खेलमा साविक उपविजेता टोलीलाई फाइनलमा पु¥याउन कप्तान ह्यारी केन र ओले वाट्किन्सले गोल गरे ।
पराजित डच टोलीका लागि भने जाभी सिमोन्सले एक गोल गरे ।
खेल सुरु भएको सातौं मिनेटमा सिमोन्सले दर्शनिय गोल गर्दै नेडरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाए ।
तर, १८ औं मिनेटमा थ्री लायन्सका रुपमा समेत चिनिने इंग्ल्याण्डका लागि केनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
त्यसपछि बराबरी उन्मुख खेलको अन्तिम समयतिर इन्जुरी समयको पहिलो मिनेटमा कोल पाल्मरको असिस्टमा वाट्किन्सले सनसनी गोल गर्दै इंग्ल्याण्डलाई २–१ ले जितायो ।
इंग्ल्याण्डले उपाधिका लागि स्पेनसंग आईतवार राति प्रतिस्पर्धा गर्ने भएको छ ।