
एजेन्सी । उपाधि दावेदार मानिएको इंग्ल्याण्डले युरोपेली फुटबल च्याम्पियनसिप (युरो कप) अन्तर्गत खेलमा सर्बियामाथि साँघुरो जित हासिल गरेको छ ।
आईतवार राति भएको युरो कपअन्तर्गत खेलमा साविक उपविजेता समेत रहेको इंग्ल्याण्डले सर्बियामाथि १–० को साँघुरो जित हासिल गरेको हो ।
जर्मनीको गेलसेनक्रिचेनस्थित एरिना औफसाल्के रंगशालामा भएको खेलमा थ्री लायन्सका लागि एकमात्र निर्णायक गोल जुधे बेलिङघमले गरे ।
बेलिङघमले खेल सुरु भएको १३ औं मिनेटमा गरेको एकमात्र गोल नै इंग्ल्याण्डलाई जित दिलाउन पर्याप्त रह्यो ।
साँघुरो जितसंगै इंग्ल्याण्डले समूह ‘सी’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।