भक्तपुर । नेपाली महिला फुटबलकी स्टार फरवार्ड साबित्रा भण्डारी (साम्बा) फ्रान्सेली क्लब एन एभेन्ट गुइनग्याम्पमा अनुबन्ध भएकी छिन् ।

इजरायलको हापोएल रानानाबाट फ्रान्सेली शीर्ष श्रेणी डिभिजन वान फेमिनेनको महिला फुटबल क्लब एन एभेनट गुइनग्याम्पमा साम्बा अनुबन्ध भएकी हुन् ।

नेपाली फटबलमा गोल मेसिनका रुपमा समेत चिनिने साम्बाले फ्रान्सेली क्लबसंग डेढ वर्षको सम्झौता गरेको बताइएको छ ।

विहिवार राति एन एभेन्ट गुइनग्याम्पले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् २६ वर्षिय नेपाली फरवार्डलाई सार्वजनिक गरेको हो ।

इजराइलमा छोटो समय बिताउँदा राम्रो प्रभाव छाड्न सफल भएसंगै साम्बा युरोपेली फुटबलको उर्बरमध्येको एक फ्रान्स पुग्न सफल भएको छ ।

नेपाली घरेलु फुटबलमा एपिएफबाट खेल्ने गरेकी साम्बाले अब फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मन (पिएसजी), ओलम्पिक लियोन, रेम्स लिल जस्ता चर्चित क्लबविरुद्व खेल्न पाउने भएकी छन् ।

फ्रान्सेली महिला शीर्ष लिग डिभिजन वान फेमिनेनमा १२ टोली रहेको छ ।

जसमा साम्बा आबद्व क्लब जारी सिजन १२ खेल खेलिसक्दा २ खेलमा जित, २ मा बराबरी र ८ खेलमा हारको नतिजाका साथ ८ अंक जोडेर तालिकाको १० औं स्थानमा रहेको छ ।

यो भनेको रेलिगेशन जोनबाट माथि हो ।

सम्भवत साम्बाले सनिवार बोर्डेउक्सविरुद्व डेब्यु गन सम्भावना रहेको छ ।

२८ नम्बरको जर्सी लगाउने साम्बाले फ्रान्सेली क्लबलाई रेलिगेशनबाट जोगाउँदै शीर्ष श्रेणीमै कायम राख्ने जिम्मेवारी बहन गर्नुपर्ने छ ।

दक्षिण एसियाकै उत्कृष्ट महिला फरवार्डका रुपमा परिचय बनाएका साम्बाले भारतको शीर्ष महिला लिग इन्डियन वुमन्स लिगमा सेथु एफसीका लागि सन् २०१८–१९ सिजनमा ७ खेल खेल्दै १५ गोल गरेकी थिइन् ।

त्यसपछि सन् २०१९ देखि २०२३ सम्म गोकुलम केरेलाबाट खेलेकी उनले १७ खेलमा ४५ गोल गरेकी थिइन् ।

त्यसपछि सन् २०२३ मा इजरायली क्लब हापोयल रानाना पुगेकी थिइन् ।

साम्बाले नेपालका लागि ४२ खेलमा सर्वाधिक ४३ गोल गरेकी छिन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.