भक्तपुर । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशसंग पराजित भएको छ ।

बुधवार भएको फाइनल खेलमा नेपाल भ्रमणकारी टोली बंगलादेशसंग ४–१ ले पराजित भएको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलदेशलाई उपाधि दिलाउन मिराजुल इस्लामले दुई गोल गर्दा रवि हुसेन राहुल र नोभाले एक–एक गोल थपे ।

नेपालका लागि समिर तामाङले सान्तोना गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रिकिक गोल गर्दै इस्लामले बंगलादेशलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५५ औं मिनेटमा इस्लामले नै गोल थप्दै बंगलादेशलाई २–० ले अघि बढाए ।

त्यस्तै, ७० औं मिनेटमा राहुलले गोल थप्दै भ्रमणकारी टोलीलाई ३–० को सहज अग्रतामा अघि बढाए ।

यता, ८० औं मिनेटमा समिरले नेपालका लागि गोल फर्काउँदै खेललाई ३–१ को अवस्थामा ल्याए ।

तर, इन्जुरी समयको पाँचौं मिनेटमा नोभाले गोल थप्दा बंगलादेश ४–१ ले विजयी भयो ।

योसंगै २० वर्षमुनीको साफमा बंगलादेशले पहिलो उपाधि जित्दा घरेलु टोली नेपाल भने उपविजेतामै सिमित भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.