भक्तपुर । भुटानको थिम्पुमा हुने ९ औं संस्करणको साफ यु–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १७ वर्षमुनीको साफका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
नेपाली टोलीमा तीन गोलकिपरसहित ७ डिफेन्डर, १० मिडफिल्डर र ३ स्ट्राइकर समेतिएका छन् ।
गोलकिपरतर्फ पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहारदुर परियार समेतिदा डिफेन्डरमा सारन एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशान राज लावत, भुवन कामी र एकराज विश्वकर्मा परेका छन् ।
त्यस्तै, मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पार्खिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, अलिक श्रेष्ठ र सविन कुमार लुङ्गेल अताउँदा स्ट्राइकरमा रोहित श्रेष्ठ, सन्तोष गोङ्बा र सुजन डंगोल समेतिएका छन् ।
१७ वर्षमुनीको साफमा नेपाल समूह ‘बी’ मा आयोजक भुटान, पाकिस्तान र श्रीलंकासंगै रहेको छ ।
सेप्टेम्बर २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानसंग २१ तारिखमा खेल्नेछ ।
त्यस्तै, दोस्रो खेल श्रीलंकासंग २३ तारिख र तेस्रो खेल भुटानसंग २५ तारिखमा खेल्नेछ ।
प्रत्येक समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।