भक्तपुर । सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आमनेसामने हुने भएको छ ।

बुधवार साँझ हुने फाइनल खेलका लागि साविक विजेता बंगलादेश र साविक उपविजेता नेपाल आमनेसामने हुने भएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझको ५ः३० मा सुरु हुने तालिका रहेको छ ।

नेपालले आईतवार भएको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्दी भारतलाई तनावपूर्ण खेलमा ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

यता, बंगलादेशले भने भुटानलाई एकपक्षिय रुपमा ७–१ को फराकिलो गोलअन्तरको जित निकाल्दै फाइनल स्थान सुरक्षित गरेको थियो ।

काठमौडौंमै भएको गत संस्करणको फाइनल खेलमा घरेलु टोली नेपाललाई बंगलादेशले ३–१ गोलअन्तरले स्तध पार्दै ऐतिहासिक उपाधि जितेको थियो ।

बंगलादेश पुनः सोहि नतिजालाई निरन्तरता दिँदै उपाधि रक्षा गर्ने प्रयासमा हुनेछ ।

यता, नेपालले भने गत संस्करणको हारको बदला लिँदै दक्षिण एसियाली शीर्ष उपाधि घरमै राख्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.