भक्तपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा सातदोबाटो युवा क्लबमाथि महत्वपूर्ण जित निकाल्दै थ्रीस्टार क्लबले जित हात पारेको छ ।

सोमवार भएको खेलमा नेपाली फुटबलको चर्चित टोली थ्रीस्टार क्लबले सातदोबाटो युवा क्लबमाथि १–० को महत्वपूर्ण जित हाच पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ललितपुर डर्बीमा खेलको ८८ औं मिनेटमा आदित्य शाक्यले गरेको एकमात्र गोल निर्णायक बनेको हो ।

जितसंगै थ्रीस्टारले ४ खेलमा ७ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लेको छ । पराजित सातदोबाटोको ४ खेलमा ९ अंक छ । सातदोबाटो तालिकाको दोस्रो स्थानमा यथावत छ ।

यसअघि च्यासल मैदानमा सोमबार नै भएको खेलमा एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ ले पराजित गरेको थियो ।

खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले गोल गर्दा हिमालयन शेर्पाका लागि विश्वास श्रेष्ठले एक गोल फर्काए ।

नवप्रवेशी खुमलटारको ४ खेलमा ६ अंक भएको छ । खेमलटार लिग तालिकाको पाँचौ स्थानमा उक्लिदा पराजित हिमालयन शेर्पाले ४ खेलमा ४ अंक जोड्दै तालिकाको ९ औं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.