
एजेन्सी । अल नासेरले साउदी प्रोफेस्नल लिगमा अल ओरोबाहमाथि सहज जित निकालेको छ ।
सनिवार राति भएको खेलमा क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासेरले अल ओरोबाहमाथि ३–० को सहज जित निकालेको हो ।
अल नासेरको घरेलु मैदान अल अवाल पार्क एट किंग साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन साडियो मानेले दुई गोल गर्दा रोनाल्डोले एक गोल गरे ।
खेल सुरु भएको १७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २९ औं मिनेटमा रोनाल्डोकै पासमा मानेले गोल गर्दा अल नासेर २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ७१ औं मिनेटमा नवाफ बु वासिलको पासमा मानेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा अल नासेर ३–० ले विजयी भयो ।
सहज जितसंगै अल नासेरले ६ लिग खेलबाट १४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।
पराजित अल ओरोबाहले समान ६ खेलमा ७ अंक जोड्दै लिग तालिकाको ११ औं स्थानमा झरेको छ ।