एजेन्सी । आर्सनलले प्रिमियर लिगमा साउथह्याम्टनलाई हराएको छ ।

सनिवार राति भएको खेलमा बलियो आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी साउथह्याम्टनलाई ३–१ गोलअन्तरले हराएको हो ।

गर्नसका रुपमा समेत चिनिने आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन बुकायो साकाले उत्कृष्ट प्रदर्शन गरे ।

एक गोलले पछि परेको आर्सनललाई जिताउन साकाले एक गोल गर्नुका साथै दुई गोलका लागि असिस्ट प्रदान गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा माटेउ फर्नान्डेजको पासमा क्यामेरन आर्चरको गोलमार्फत् भ्रमणकारी टोलीले १–० को अग्रता लियो ।

त्यसको तीन मिनेटपछि नै साकाको पासमा काइ हाभार्टेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यस्तै, ६८ औं मिनेटमा साकाकै असिस्टमा ग्राबियल मर्टेनेलीले गोल थप्दा गर्नस २–१ ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर ८८ औं मिनेटमा साकाले गोल गर्दा आर्सनल ३–१ ले विजयी भयो ।

सहज पुनरागमन जितसंगै आर्सनलले ७ लिग खेल खेलिसक्दा १७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

पराजित साउथह्याम्टनको भने समान ७ खेलमा १ अंकसहित तालिकाको १९ औं स्थानमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.