एजेन्सी । ग्यारेथ साउथगेटले इंग्लिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद छाडेका छन् ।
युरो कप सकिएको एक दिन पछि नै साउथगेटले इंग्लिस टोलीको मुख्य प्रशिक्षक पद छाडेका हुन् ।
आठ वर्षयता थ्री लायन्सका रुपमा समेत चिनिने इंग्ल्याण्डको प्रशिक्षकका रुपमा रहेका ५३ वर्षिय व्यवस्थापकले युरो जित्न असफल भएसंगै पद छोडेको हो ।
जर्मनीका भएको १७ औं संस्करणको फाइनल खेलमा इंग्ल्याण्ड स्पेनसंग २–१ ले स्तब्ध हुँदै उपविजेतामै सिमित भएको थियो ।
उसो त त्यसअघिको सन् २०२१ मा इंग्ल्याण्डमै भएको युरोमा पनि इंग्ल्याण्ड उपविजेतामै सिमित भएको थियो ।
उनले इंग्ल्याण्डको राष्ट्रिय टोली सम्हालेयता १०२ खेल खेलाएका छन् ।
यसक्रममा इंग्ल्याण्ड सन् २०१८ को विश्वकपमा सेमिफाइनल र २०२२ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।
त्यस्तै, पछिल्लो दुई संस्करणको युरोकपमा दुईपटक फाइनलसम्मको यात्रा तय गर्दा युईएफए नेसन्स कपमा एकपल्ट सेमिफाइनलसम्म पुगेको थियो ।