एजेन्सी । बेलायती खर्बपति सर जिम राटक्लिफले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड किन्नका लागि आधिकारिक रुपमा बोली लगाउन प्रक्रिया अगाडी बढाएको छ ।
लामो समयदेखि युनाइटेडको स्वामित्व लिन इच्छा देखिइरहेको इंग्लिस खर्बपतिले सो कुरा सार्वजनिक गरेको हो ।
म्यानचेस्टर युनाइटेडका समर्थकसमेत रहेका राटक्लिफको सम्पति २८.२ विलियन डलर रहेको बनाइन्छ ।
अमेरिकी खर्वपति ग्लाजलर परिवारको स्वामित्वमा रहेको २० पटकको प्रिमियर लिग विजेता क्लब सन् २०१४ यता निरन्तर खस्कदो अवस्थामा छ । ग्लाजलर परिवारले सन् २००५ मा युनाइटेडको स्वामित्व लिएको थियो ।
सर एलेक्स फर्गुसनको अवकाश पछि ठूलो उपाधि जित्न नसकिरहेको युनाइटेडको मूख्य समस्या क्लबका मलिकहरु नै भएको भन्दै युनाइटेडका समर्थकहरुले ग्लाजलर परिवारविरुद्व लामो समय आन्दोलन गर्दै आएका थिए ।
यस्तोमा केहि महिना अगाडी अमेरिकी मालिकले क्लब बेच्ने निर्णय गरेका थिए ।
युरोपेली खबर अनुसार इंग्लिस खर्बपति राटक्लिफका अलावा कतार, साउदी अरबिया, चीन आदिका खर्बपतिहरुले पनि युनाइटेड किन्ने इच्छा देखाइरहेका छन् ।