
भक्तपुर । फिफा विश्वकपअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा ब्राजिलले जित हात पारेको छ ।
विहिवार राति सम्पन्न खेलमा उपाधि दाबेदार ब्राजिलले सर्वियामाथि २–० को जित हात पारेको हो ।
ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनको नाममा रह्यो । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा रिचार्लिसनले अग्रता दोब्बर पारेका थिए ।
जितसंगै ब्राजिल ३ अंकका साथ समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ ।