एजेन्सी । उरुग्वेले कोपा अमेरिकाअन्तर्गत खेलमा संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ ।

मंगलवार विहान भएको खेलमा उरुग्वेले आयोजक राष्ट्र अमेरिकालाई १–० ले पराजित गरेको हो ।

मिसौरीको कान्सास सिटीस्थित अरोहेड स्टेडियममा भएको खेलमा माथियास ओलिभेराले निर्णायक गोल गर्दै उरुग्वेलाई जिताए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६६ औं मिनेटमा ओलिभेराले गोल गर्दा उरुग्वे १–० ले विजयी भयो ।

महत्वपूर्ण जितसंगै उरुग्वेले समूह ‘सी’ मा शतप्रतिशत जित निकाल्न सफल भयो ।

उरुग्वेले तीन खेलबाट ९ अंक जोड्दै समूह विजेताका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो ।

पराजित अमेरिकाको भने समूह चरणको तीन खेलबाट एकमा जित र दुईमा हारसहित तीन अंकका साथ तालिकाको तेस्रोमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

त्यस्तै, फ्लोरिडाको ओर्लान्डोस्थित इन्टर एन्ड को स्टेडियममा भएको सोहि समूहको अर्को खेलमा पानामाले बोलिभियालाई ३–१ ले हरायो ।

पहिलो हाफको २२ औं मिनेटमा क्रिस्टियन मार्टिनेजको पासमा जोसे फाजार्डोले गोल गर्दै पानामालाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ६९ औं मिनेटमा बोलिभियाका रामिरो भाकाको पासमा ब्रुनो मिरान्डाले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यस्तै, ७९ औं मिनेटमा इरिक डाभिसको पासमा इडेवार्डो गुएरेरोले गोल गर्दा पुनः पानामा २–१ ले खेलमा अघि बढ्यो ।

खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा सेरार यानिसले गोल थप्दा पानामा ३–१ ले विजयी भयो ।

सहज जितसंगै पानामाले तीन खेलबाट दुईमा जित र एकमा हारको नतिजासहित ६ अंक जोड्दै समूह उपविजेता बन्यो ।

योसंगै पानामा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्यो ।

पराजित बोलिभियाले भने समूह चरणमा सबै तीन खेलमै हार बेहोर्दै अंकको खाता नै नखोलि प्रतियोगिताबाट घर फर्कियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.