भक्तपुर । फिफा विश्वकप अन्तर्गत क्यानडामाथि जित हात पार्दै मोरोक्को अन्तिम १६ मा प्रवेश गरेको छ ।

विहिवार भएको समूह ‘एफ’ को अन्तिम खेलमा उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले क्यानेडामाथि २–१ को जित हात पार्दै जारी विश्वकपमा दोस्रो चरणको स्थान पक्का गरेको हो ।

अल थुमामा रंगशालामा मोरक्कोको जितमा हाकिम जियाच र योसेफ इन नस्रीले गोल गरे । उता क्यानडाका लागि मोरोक्कोले एक गोल उपहार दिए ।

रोमाञ्चक खेलको चौथौं मिनेटमा जियाचले गोल गर्दै मोरोक्कोलागि सुरुवाती अग्रता दिएका थिए ।

खेलको २३ औं मिनेटमा नेस्रीले गोल गर्दा मोरक्को २–० को सहज अवस्थामा पुगेका थिए । तर खेलको ४० औं मिनेटमा मोरोक्कोका डिफेन्डर नायफ अग्वेर्डले आत्मघाती गोल गर्न पुगे ।

पहिलो हाफ २–१ ले मोरक्कोको पक्षमा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे पनि थप गोल भने निस्किएन र खेल मोरक्कोले जित्यो ।

जितसंगै अंकतालिकामा मोरक्कोले ७ अंक जोडेको छ । मोरोक्को दुई खेलमा जित र एक खेलमा बराबरीका साथ अन्तिम १६ मा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.