भक्तपुर । फिफा विश्वकपको समूह ‘इ’ बाट जापान र स्पेन दोस्रो चरण प्रवेश गरेको छ ।

विहिवार राति एसियाली राष्ट्र जापानले बलियो स्पेनमाथि रोमाञ्चक २–१ को जित निकालेसंगै जापान समूह विजेता समेत बन्यो ।

खालिफा अन्तिराष्ट्रिय रंगशालामा भएको खेलमा युरोपेली राष्ट्र स्पेनले खेलको ११ औं मिनेटमा अल्भारो मोराटाको गोलमार्फत अग्रता बनाएको थियो ।

दोसो हाफको ४८ औं मिनेटमा जापानले बराबरी गर्यो । जापानका लागि कौरु मितोमाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

लगत्तै ५१ औं मिनेटमा अओ तानाकाले गोल गर्दा एसियाली पावरहाउस मानिएको जापान खेलमा २–१ ले अगाडी बढ्यो । त्यसपछि दुबै टोलीबाट थप गोल निस्किएन र खेल जापानले जित्यो ।

महत्वपूर्ण जितसंगै जापानको ३ खेलमा ६ अंक रहँदा समूह् विजेता समेत बन्यो । उता पराजित स्पेन उपविजेताका रुपमा अघिल्लो चरण प्रवेश गर्यो ।

गयराति नै अल ब्याट रंगशालामा भएको यसै समूहको अर्को खेलमा जर्मनीले कोस्टारिकामाथि ४–२ को जित हात पार्यो ।

जर्मनीका लागि सर्जेइ ग्नाब्रीले खेलको १० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएक थिए । तर, ५८ औं मिनेटमा यल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

७० औं मिनेटमा जर्मनीका गोलकिपर म्यानुएल निउरले आत्मघाती गोल गर्न पुगेपछि कोस्टारिका २–१ ले अघि बढ्यो ।

त्यसको ३ मिनेट पछि नै जर्मनी खेलमा फर्कियो । काइ हार्भाटेजले गोल गोल गर्दै खेल २–२ को बराबरीमा ल्यायो ।

८५ औं मिनेटमा हार्भाटेजले नै गोल गर्दा जर्मनी ३–२ ले अघि बढ्यो । त्यसपछि ८९ औं मिनेटमा निक्लास फुलक्रुङले गोल गर्दा जर्मनी ४–२ ले विजयी रह्यो ।

समूह चरणको अन्तिम खेलमा जित हात पारेको जर्मनीको ३ खेलमा ४ अंक रह्यो स्पेनको पनि समान ४ अंक नै भएता पनि गोल अन्तरका आधारमा जर्मनी समूह चरणबाटै बाहिरियो । उता पराजित कोस्टारिकाको ३ अंक रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.