
भक्तपुर । फिफा विश्वकपको समूह ‘इ’ को हेभीवेट भिडन्त बराबरीमा सकिएको छ ।
आइतवार राति दुई पूर्व विश्व विजेता राष्ट्रको रामाञ्चक भिडन्त १–१ गोलको बराबरीमा सकिएको हो ।
अल ब्याट रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक दोस्रो हाफको ६२ औं मिनेटमा जोर्डी अल्भाको पासमा अल्भारो मोराटाले गाल गर्दा स्पेन १–० ले अघि बढ्यो ।
त्यसपछि ८३ औं मिनेटमा निक्लास फुलक्रुगले जर्मनीका लागि बराबरी गोल फर्काए । उनलाई जमाल मुस्यालाले असिस्ट प्रदान गरेका थिए ।
बराबरीसंगै समूह ‘इ’ खुल्ला भएको छ । यस समूहमा दुई चरणका खेल सकिँदासम्म स्पेन एक खेलमा जित र एकमा बराबरी नतिजाका साथ ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।
त्यस्तै, जापान र कोस्टारिका एक खेलमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दै समान ३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहँदा जर्मनीको दुई खेलमा एक अंक छ । यसअघि जर्मनी जापानसंग पराजित भएको थियो ।
अब यो समूहबाट नकआउट चरण पुग्ने टोलीको टुंगो समूहको अन्तिम चरणका खेलबाट लाग्ने भएको छ ।